free website hit counter

प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना

beemaadmin
२०७६ मंसिर १०, मंगलवार

काठमाडौं । मृगौलाको चौथो डायलोसिस गरेको दुई दिनपछि स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

परीक्षणका क्रममा चिकित्सकले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको बताइएको छ । पछिल्लो समय राजधानीको ग्राण्डी अस्पतालमा मिर्गौलाको डायलासिस गरिँदै आएको छ । हालसम्म प्रधानमन्त्री ओलीको चारपटक डायलासिस भएको छ । अस्पतालले उनको स्वास्थ्य परीक्षण भइरहेको जनाए पनि प्रधानमन्त्रीको स्वास्थ्यमा अहिले देखापरेको समस्याबारे केही खुलाइएको छैन ।

सम्बन्धित समाचार