free website hit counter

प्रभु इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

beemaadmin
२०७९ पुष २५, सोमबार

काठमाडौं । गत आर्थिक वर्षको मुनाफाबाट प्रभु इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ६.७० प्रतिशतका दरले हुन आउने ८ करोड ६४ लाख १० हजार ६७६ रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०।३५ प्रतिशतले हुन आउने ४५ लाख ४७ हजार ९३० रुपैयाँ बराबरको नगद लाभांश गरी कुल ७.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। पुस २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गनेए निर्णय गरेको हो। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभा पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार