free website hit counter

प्रभु इन्स्योरेन्सले तोक्यो वार्षिक साधारण सभाको मिति

beemaadmin
२०८२ असार २६, बिहीबार

काठमाडौं । प्रभु इन्स्योरेन्सले आउँदो साउन २३ गते २९ औँ वार्षिक साधारण सभा बस्ने निर्णय गरेको छ । कम्पनीको असार २४ गते बसेको सञ्चालक समितिको ४५० औँ बैठकको निर्णयअनुसार उक्त सभा कम्पनीको प्रभु कम्प्लेक्स तिन कुने काठमाडौँमा बिहान ११ बजे बस्ने भएको हो । सो सभाबाट कम्पनीको चुक्ता पुँजीको १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने भएको छ। कम्पनीले आर्थिक वर्ष २०८१–८२ को लागि लेखा परीक्षकको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले साउन २ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार साउन १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार