free website hit counter

प्रभु बैंकको नाफा घट्यो

beemaadmin
२०८१ बैशाख ७, शुक्रबार

काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा प्रभु बैंक लिमिटेडले १ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोहि अवधिका्े तुलनामा ७.२७ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्र्रमाससम्म बैंकले १ अर्ब ९४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
तेस्रो त्रैमाससम्म बैंकले ८ अर्ब ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोहि अवधिको ६ अर्ब ६१ करोड रुपैयाँको तुलनामा २६.३१ प्रतिशतले बढी हो । बैंकको खुद सञ्चालन आम्दानी ८ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ७५ करोड रुपैयाँले ऋणात्मक छ । त्यस्तै बैंकको रिटेन्ड अर्निङ १६ करोड ६५ लाख र रिजर्भको आकार ९ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । २ अर्ब ७८ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ३.४८ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.८१ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ईपीएस १०.२६ रुपैयाँ, पिई अनुपात १३.८४ गुणा र तरलता अनुपात २६.७८ प्रतिशत रहेको छ ।

सम्बन्धित समाचार