free website hit counter

प्रभु बैंकले बढायो नाफा, अन्य सूचक कस्तो ?

beemaadmin
२०७९ श्रावण ८, आईतवार

काठमाण्डौ । प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्मसम्म बैंकले २ अर्ब ६० करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५१।११ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा पनि ४७.७५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म ३ अर्ब ८४ करोड रुपैयाँ सञ्चालन मुनाफा समीक्षा अवधिसम्म बढेर २ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। चौथो त्रैमाससम्म बैंकले ६ अर्ब १८ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ५ अर्ब २ करोड रुपैयाँमा सीमित थियो। खुद ब्याज आम्दानी २३.०३ प्रतिशतले बढेको छ।

बैंकले १ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। बैंकको रिजर्भको आकार ३३.४४ प्रतिशतले बढेर ५ अर्ब ५५ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ४ अर्ब १६ करोड रुपैयाँ रहेको थियो। बैंकको निष्क्रिय कर्जा (एनपीएल) १.६८ प्रतिशतबाट घटेर १.२० प्रतिशतमा झरेको छ। सीडी रेसियो ७८.३५ प्रतिशत रहेको बैंकको आधार दर ९.२४ प्रतिशत रहेको छ।

बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) १५.१७ रुपैयाँबाट बढेर २०.४६ रुपैयाँ पुगेको छ। ईपीएसमा ३४.८७ प्रतिशतको बढोत्तरी भएको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) १०.१२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५६.१६ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार