free website hit counter

प्रभु बैंक डिबेन्चर २०८४ को निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ

beemaadmin
२०७६ मंसिर १२, बिहीबार

काठमाडौं । प्रभु बैंक लिमिटेडले निश्काषन गर्न लागेको प्रभु बैंक डिबेन्चर २०८४ का लागि नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ । २ अर्ब बराबरको डिबेन्चर १० प्रतिशत व्याज सहित आठ वर्षको लागि निष्काशन गर्न लागेको बैंकले जनाएको छ ।
कूल २०,००,००० कित्ता डिबेन्चरमध्ये १२,००,००० कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र ८,००,००० कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन हुनेछ । उक्त कार्यको लागि २०७६ साल मंसिर ११ गते प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठका बीच डिबेन्चर शेयर निष्काशन गर्ने सम्झौता भएको हो ।

सम्बन्धित समाचार

सर्वोत्तम सिमेन्टको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २५, मंगलवार

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ बैशाख २५, मंगलवार

मिथिला लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार