free website hit counter

प्रभु–महालक्ष्मी लाइफको यस्तो छ बोनस दर

beemaadmin
२०८० आश्विन २५, बिहीबार

काठमाण्डौ । साबिकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८–७९को बोनस दर घोषणा गरिएको छ। नियामक निकाय नेपाल बीमा प्राधिकरणले मर्ज हुनुअघिका प्रभु लाइफ र महालक्ष्मी लाइफको आर्थिक वर्ष २०७८–७९ को बीमांकीय मूल्यांकन प्रतिवेदन मंगबार स्वीकृत गरेको थियो। बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत भएसँगै नयाँ बोनस दर कम्पनीले घोषणा गरेको हो। साबिक प्रभु लाइफका विभिन्न ९ वटा बीमा योजनाको बोनस दर घोषणा गरिएको छ। जसमा बीमालेखको अवधि न्यूनतम ९ वर्षदेखि अधिकतममा २५ वर्ष माथि रहेको छ। यी बीमा योजनाको बोनस दर प्रतिहजारमा न्यूनतम २० रुपैयाँदेखि अधिकतममा ७० रुपैयाँसम्म निर्धारण गरिएको छ। यसैगरी साबिक महालक्ष्मी लाइफका विभिन्न ७ वटा बीमा योजनाको बोनस दर घोषणा गरिएको छ। जसमा बीमालेखको अवधि न्यूनतम ५ वर्षदेखि अधिकतममा ३० वर्षसम्मको रहेको छ। ती बीमा योजनाको बोनस दर प्रतिहजारमा न्यूनतम ३२ रुपैयाँदेखि अधिकतममा ५२ रुपैयाँसम्म निर्धारण गरिएको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार