free website hit counter

प्रभु महालक्ष्मी लाइफद्वारा ८.४२ प्रतिशत लाभांश प्रस्ताव

beemaadmin
२०८२ बैशाख १९, शुक्रबार

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई ८.४२१ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको छ। कम्पनीको १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। आर्थिक वर्ष २०८०÷८१ को वित्तीय विवरणअनुसार सो वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको कम्पनीले उल्लेख गरेको छ। यसका लागि नेपाल बीमा प्राधिकरणसमक्ष लेखिपठाउने र त्यहाँबाट स्वीकृति पाएपछि बस्ने कम्पनीको आगामी वार्षिक साधारणसभामा पारित भएपछि सेयरधनीले पाउनेछन्।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार