free website hit counter

प्रभु महालक्ष्मी लाइफद्वारा उत्कृष्ट अभिकर्तालाई कर्पोरेट क्लब एचिभर्स अवार्ड

beemaadmin
२०८३ आश्विन ५, सोमबार

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गर्दै ‘कर्पोरेट क्लब एचिभर्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ।

चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म तीन दिन सञ्चालन भएको कार्यक्रममा उत्कृष्ट अभिकर्तालाई सम्मान गर्नुका साथै व्यवसायिक क्षमता विकास तथा मनोरञ्जनात्मक गतिविधि सञ्चालन गरिएको थियो।

Advertisement
Advertisement

कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। सो अवसरमा उनले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता तथा लिडरहरूको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको बताए। यस्ता सम्मानले अभिकर्तालाई थप उत्साह र आत्मविश्वासका साथ व्यवसायमा अघि बढ्न प्रेरित गर्ने उनको भनाइ थियो।

Advertisement
Advertisement

आगामी दिनमा पनि अभिकर्तालाई उच्च मनोबलका साथ व्यवसाय गर्न कम्पनीले निरन्तर साथ र सहयोग गर्ने प्रतिबद्धता प्रसाईंले व्यक्त गरे।

आर्थिक वर्ष २०८२/८३ को सफलताको उत्सव मनाउँदै कम्पनीले आर्थिक वर्ष २०८३/८४ लाई थप सफलताको वर्ष बनाउन सहभागीलाई प्रेरित गरेको थियो। कम्पनीका नेसनल सेल्स हेड तथा नायब महाप्रबन्धक सोनबहादुर मगरले आर्थिक वर्ष २०८२/८३ को सफलताले नयाँ आर्थिक वर्षको लक्ष्य हासिल गर्न थप ऊर्जा मिलेको बताए।

कार्यक्रममा आचार्य राजा बाबु साहले ‘पावर अफ माइन्ड सेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए। प्रशिक्षणले अभिकर्ताको व्यवसायिक क्षमता तथा सकारात्मक सोच विकासमा सहयोग पुगेको कम्पनीले जनाएको छ।

कार्यक्रममा देशभरबाट कम्पनीका व्यवस्थापक तथा अभिकर्तासहित करिब २०० जनाको सहभागिता थियो। आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई कर्पोरेट क्लब अवार्डबाट सम्मान गरिएको थियो।

प्रभु महालक्ष्मी लाइफले अभिकर्ताको क्षमता विकास, मनोबल वृद्धि तथा व्यवसायिक उत्साह बढाउन मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ।

सम्बन्धित समाचार