काठमाण्डौ । अग्रणी जीवन बीमा कम्पनी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले १७ प्रतिशत अर्थात १ः०.१७ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गरेको हो । कम्पनीले हकप्रद निष्कासनको माग गर्दै फागुन २२ गते सेबोनमा आवेदन दिएको हो । सेबोनबाट अनुमति पाएपछि कम्पनीले ७३ करोड ३ लाख २० हजार रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका ७३ लाख ३ हजार २ सय कित्ता हकप्रद सेयर जारी गर्नेछ । कम्पनीको गत प्ुस २९ गते बसेको छैठौं वार्षिक साधारण सभाले हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको थियो । कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापूँजी पुर्याउनका लागि हकप्रद ल्याउने तयारी गरेको हो ।