काठमाडौं । चुक्ता पुँजीको चटारोमा रहेका बीमा कम्पनीहरु एक आपसमा गाभिनेक्रम जारी रहेको छ । यही मेसोमा प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बिहीबार मर्जरमा जाने सहमति भएको छ । काठमाडौंमा एक कार्यक्रमका बीच प्रभुका तर्फबाट सञ्चालक समिति अध्यक्ष सुभाष अमात्य र महालक्ष्मीका तर्फबाट सञ्चालक समिति अध्यक्ष मनोरञ्जन रमण शर्माले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । दुवै कम्पनीको स्वाप रेसियो १ः१ अनुपातमा एक आपसमा गाभिने छ भने मर्जर पछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ ।
मर्जर पछि सञ्चालक समितिको अध्यक्षमा हालका प्रभु लाइफ इन्स्योरेन्सका सुभाष अमात्य र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मीका रमेश कुमार भट्टराई रहने सम्झौता भएको छ । कार्यक्रममा दुवै कम्पनीका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको थियो ।