काठमाडौं । प्रभु बैंक सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेको छ । बुधबार राजधानीमा एक कार्यक्रमबीच दुई बैंकबीच (एक्विजिसन) का लागि अन्तिम सम्झौता भएको हो । सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्ति (एक्विजिसन) समितिका संयोजक रमेशसिंह खड़का र सेञ्चुरी कमर्सियल बैंकका संयुक्त एक्विजिसन समितिका सदस्य मनबहादुर राईले हस्ताक्षर गरेका छन्। योसँगै यी दुई बैक अब एक बन्ने भएका छन् । सम्झौताअनुसार प्रभुले सेञ्चुरीलाई १ः१ रेसियोमा प्राप्ति गर्ने भएको हो । यी दुवै बैंक एक भएपश्चात पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले जानकारी दिए । मर्जरमा जानका लागि यी दुवै बैंकले नेपाल राष्ट्र बैंकबाट भदौ २० गते सैद्धान्तिक सहमति प्राप्त गरेका थिए ।े दुई बैंकबीच गत साउन १५ गते एक आपसमा मर्जरमा जाने सहमति भएको थियो । मर्जरपछि बन्ने बैंक संचालक समितिमा प्रभु बैंकको तर्फबाट ४ जना र सेञ्चुरीको तर्फबाट ३ जना रहनेछन् ।