free website hit counter

प्रभु लाइफले थप्यो एकैसाथ तीन नयाँ शाखा

beemaadmin
२०७६ पुष ११, शुक्रबार

काठमाडौं । स्थापनाको छोटो समयमै ग्राहकको मन जित्न सफल प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना शाखा सञ्जाल पनि विस्तार गर्ने अभियान जारी रोखको छ । प्रभु इन्स्योरेन्सकम्पनीले तीन नयाँ शाखा कार्यालयहरु एकैसाथ सञ्चालनमा ल्याएको छ । सुर्खेत शाखा, टिकापुर उप–शाखा र अत्तरिया उप–शाखाको शुभारम्भ भएको छ । पुस ७ र ८ गते तीनवटै कार्यालयहरुको उद्घाटन कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेले गरे । अध्यक्ष डा. घिमिरेले यस कम्पनी शाखाहरु विस्तारको क्रममा रहेको र पश्चिम नेपालका विभिन्न स्थानहरुमा भएका शाखा विस्तारबाट यस क्षेत्रका बासिन्दाहरुलाई समेत प्रभु लाइफ इन्स्योरेन्सको बीमा सेवाबाट लाभ लिन आग्रह समेत गरेका छन् ।
शाखा कार्यालय उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख दकार्यकारी अधिकृत नारायणप्रसाद पौडेलले जीवन बीमालाई गाउँसम्म पुर्याउने उद्घेश्यसहित प्रभु लाइफ इन्स्योरेन्सको स्थापना भएको बताउँदै कम्पनीले जीवन बीमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार