free website hit counter

प्रभु लाइफले दियो व्यतित बीमालेख नविकरणमा व्याज छुट

beemaadmin
२०७८ आश्विन ८, शुक्रबार

काठमाडौं । विभिन्न कारणले बीमा शुल्क तिर्न बाँकी रहेका बीमालेखको नविकरणमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ब्याज छूट दिएको छ । व्यतित बीमालेख नविकरण गर्दा अब शत प्रतिशत ब्याज छुट पाइने भएको छ ।

विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेखहरु कात्तिक ५ गतेभित्र नविकरण गर्दा ब्याजमा शतप्रतिशत छूट पाइने भएको छ । दुई वर्षभन्दा बढी समय व्यतित भएका बीमालेखहरुको हकमा मात्र यो सुविधा लागु हुने कम्पनीले एक सूचना जारी गर्दै जनाएको छ भने एक पटक ब्याज छुट गरिसकेको बीमालेखमा पनि ब्याज छुट प्रदान गरिने छैन् ।

सम्बन्धित समाचार