free website hit counter

प्रभु लाईफको आईपिओ सूचिकृत, आइतबारदेखि कारोबार

beemaadmin
२०७७ पुष १७, शुक्रबार

काठमाडौं । यसै महिना जारी भएको प्रभु लाइफ इन्स्योरेन्स कमपनीको दुई करोड कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । कूल दुई करोड कित्ता मध्ये सर्वसाधारण समुहको ६० लाख कित्ता र संस्थापक शेयरधनीहरुको एक करोड ४० लाख कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकरण गरिएको नेप्सेले जनाएको छ । यसैबीच, आइतबारदेखि कारोबार हुने प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको ओपनिङ रेन्ज तोकिएको छ । सो कम्पनीको शेयर न्यूनतम १०९.५६ रुपैयाँदेखि अधिकतम ३२८.६८ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ ।

सम्बन्धित समाचार