free website hit counter

प्रभु लाईफको शेयर सूचिकरणका लागि नेप्सेमा दर्ता

beemaadmin
२०७७ पुष १६, बिहीबार

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सूचिकरणको लागि नेप्सेमा दर्ता भएको छ । सर्वसाधारण समुहको कूल ६० लाख कित्ता र संस्थापक शेयर १ करोड ४० लाख कित्ता गरी कूल दुई अर्ब रुपैयाँ बराबरको दुई करोड कित्ता शेयर सूचिकरण भई कारोबारको लागि नेप्सेमा निवेदन दर्ता भएको हो ।

आगामी साताभित्र नेप्से र सिडिएससीमा सूचीकरण सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाएको छ । सिडिएससीमा केही प्रक्रिया पुरा गरेपछि प्रभु लाईफको शेयर आगामी साताबाट कारोबार हुने जनाइएको छ ।

सम्बन्धित समाचार