free website hit counter

प्रम ओलीको प्रस्ताव गौतमद्वारा ठाडै अस्वीकार

beemaadmin
२०७७ कार्तिक ३०, आईतवार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेश गरेको प्रतिवेदन फिर्ताको पहल गर्न आग्रह गरेका थिए। तर, गौतमले बैठकबाट समाधान खोज्न सुझाएको उनका प्रेस सहयोगी विश्वमणि सुवेदीले जानकारी दिए। आफू घेराबन्दीमा परेपछि उपाध्यक्ष गौतमलाई फकाएर भ्यागुताको धार्नी पुर्याउने प्रयास यस पटक सफल हुने छाँटकाट देखिँदैन ।

रक्षा मन्त्रालयको ललिपप देखाए पनि उपाध्यक्ष गौतम टसमस नभएपछि प्रधानमन्त्री ओली अब कता छिर्के लगाउने भन्ने योजना बुन्नमै व्यस्त रहेका छन् । सहयोगका लागि बोलाईका यसरी छलफल गरेर प्रस्ताव फिर्ता हुँदैन। यसका लागि बैठक बसौं। बैठकमा यही प्रस्ताव राख्नुस् र छलफल गरौं। प्रस्ताव भन्दा पनि मुख्य तपाईंको कार्यशैली सच्चिने कुरा हो। कार्यशैली सच्चियो भने प्रस्ताव नै गौण हुन्छ भन्ने कुरा उपाध्यक्षले राख्नुभएको छु, सुवेदीले भने।

गौतमले ओलीलाई कार्यशैली सच्याएर पार्टीको निर्देशनमा सरकार चल्ने स्थिति बनाएमात्र प्रस्ताव फिर्ता हुने बताएका थिए। गौतमले ओली यही ढंगले प्रस्तुत भए प्रस्ताव फिर्ता नहुने चेतावनी समेत दिएका छन्। कार्यशैली सच्याएर पार्टीको निर्देशनमा सरकार चलाउने स्थिति बनाउनुस्। यही ढंगले प्रस्तुत भए प्रस्ताव फिर्ता हुँदैन। यो पाँचै जनाको प्रस्ताव होु, गौतमको भनाई सुवेदीले उद्धृत गरे। दुई नेताबीच एक घण्टा छलफल भएको थियो।

सम्बन्धित समाचार