free website hit counter

प्रसूति गृहका तीन चिकित्सकसहित ८ जनालाई कोरोना

beemaadmin
२०७७ भाद्र ७, आईतवार

कामठाडौं । कोरोना संक्रमणको अवस्था भयावह बन्दै जाँदा थापाथलीस्थित प्रसूति गृहमा तीन जना आवासीय चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। बाँकी संक्रमितहरूमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षागार्ड एकरएक जना र अस्पतालभित्र रहेका बैंकका कर्मचारी रहेको अस्पतालका निर्देशक डाक्टर संगीता मिश्रले जानकारी दिइन्। संक्रमितमध्ये दुई जना टेकु अस्पतालको आइसोलेसनमा रहेको र बाँकी संक्रमित भने होम आइसोलेसनमा रहेको उनले जनाइन्। अस्पतालमा भर्ना भएका बिरामीलाई भने कसैलाई पनि संक्रमण देखिएको छैन। आज पनि १६ जनाको परीक्षण गर्ने अस्पतालले तयारी गरेको छ। स्वास्थ्यकर्मीलाई संक्रमण देखिए पनि अस्पतालको कुनै पनि सेवा प्रभावित नभएको मिश्रले बताइन्। उनले संक्रमण देखिएपछि थप सतर्कता अपनाइएको जानकारी दिइन्।

सम्बन्धित समाचार