free website hit counter

प्रहरीमा आफैं उपस्थित नभए रामकुमारीलाई प्रहरीले पक्राउ गर्ने

beemaadmin
२०७७ माघ २९, बिहीबार

काठमाडौं। नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीमा आफैं उपस्थित नभए रामकुमारीलाई प्रहरीले पक्राउ गर्ने भएको छ । प्रहरीले सोधपुछका लागि झाँक्रीलाई बोलाएको छ । प्रहरीले झाँक्रीलाई आजै उपस्थित हुन भनेको र प्रहरीमा स्वयं उपस्थित नभए उनलाई पक्राउ गरिने जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले बोलाएको हो ।
झाँक्रीले राष्ट्रपति भण्डारीसहित एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोग प्रहरीले सोधपुछ गर्ने भएको हो । झाँक्रीले केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीलाई लक्षित गर्दै आपत्तिजनक टिप्पणी गरेकी थिइन् । सोही विषयमा सोधपुछ गर्नका लागि बोलाइएको अपराध महाशाखाले जनाएको छ ।
झाँक्रीले गोरखाको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा राष्ट्रपतिप्रति आपत्तिजनक टिप्पणी गरेको भन्दै चर्को विरोध भएको थियो । यही विषयलाई लिएर अखिल नेपाल महिला संघले कारवाहीको माग गर्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

सम्बन्धित समाचार