वीरगञ्ज । ठूलो परिणामको सुन बरामदमा मान्छे भेटिँदैनन् पर्साको वीरगञ्जबाट प्रहरीले आज साढे २२ किलो सुन बरामद गरेको छ। तर मानिस भने भेट्टाउन सकेको छैन ।
शनिबार वीरगञ्ज महानगरपालिका–५,रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टमा छापा मारेर प्रहरीले साढे २२ किलो सुन बरामद गरेको हो।
पर्साकी प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले अपार्टमेन्टबाट सुन बरामद गरिएको र यसबारे थप जानकारी पत्रकार सम्मेलनमार्फत दिइने बताइन्। सुन बरामद गरिए पनि कोही व्यक्ति पक्राउ नपरेको प्रहरीले बताएको छ ।