free website hit counter

प्राइमको कामु सीईओमा सञ्जीव

beemaadmin
२०८० श्रावण १७, बुधबार

काठमाडौ । बैंक तथा वित्तीय क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव संगालिसकेका सञ्जीव मानन्धर प्राइम कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा नियुक्त भएका छन् । बैंक सञ्चालक सिमितको बुधबार बसेको बैठकले मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो । कामु सीईओ मानन्धर बैंकमा महाप्रबन्धक थिए । बैंकका सीईओ नारायणदास मानन्धरको कार्यकाल सकिएपछि अर्को व्यवस्था नभएसम्म सञ्जीव मानन्धरलाई कामु सीईओको जिम्मेवारी दिएको बैंकले जनाएको छ । बैंकिङ्ग क्षेत्रमा २२ वर्षको अनुभव सँगालेका कामु सीईओ मानन्धर चार्टर्ड एकाउन्टेन्ट ९सीए० हुन् । उनले भारतबाट सीए गरेका हुन् । उनी प्राइम बैंकमा १६ वर्षदेखि कार्यरत छन । त्यसअघि उनले विश्व बैंकले लागू गरेको राष्ट्रिय वाणिज्य बैंकमा वित्तीय क्षेत्र सुधार कार्यक्रममा काम गरेका थिए । काठमाडौंको बालाजु घर भएका मानन्धर कर्जा तथा जोखिम व्यवस्थापनमा दख्खल ब्यक्ति हुन् । बैंक स्रोतका अनुसार हाललाई कामु सीईओको जिम्मेवारी दिएको भएपनि मानन्धरलाई नै सीईओको पूर्ण जिम्मेवारी दिने तयारी छ । ५५ वर्षदेखि बैंकिङ्ग क्षेत्रमा आवद्ध रहेका नारायणदास मानन्धरको कार्यकाल गत साउन १६ गतेदेखि सकिएको हो ।

सम्बन्धित समाचार

सानिमा म्युचुअल फण्डको आईपीओ खुल्यो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

जीवन बीमाको व्यापार आशालाग्दो

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ फाल्गुन ६, मंगलवार