free website hit counter

प्राइम लाइफमा निर्विरोध चुनिए सात सञ्चालक

beemaadmin
२०७८ मंसिर २१, मंगलवार

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको हिजो सम्पन्न साधारण सभाले सात जना सञ्चालक निवार्चित गरेको छ । कम्पनीको मंसिर १९ गते सम्पन्न वार्षिक साधारण सभाले सात जना सञ्चालक आगामी चार वर्षका लागि निर्वाचित गरेको हो ।
संस्थापक शेयरधनीको तर्फबाट पियुषराज अर्याल, दिपेश अमात्य, डा सन्तोष अग्रवाल र प्रमिला केसी थापा निर्वाचित भएका छन् । त्यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट राजिव प्रसाद र सुरज श्रेष्ठ र स्वतन्त्र सञ्चालक रेशम थापालाई निर्वाचित गरेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार