काठमाडौं । शुक्रबार बसेको प्राईम लाईफ इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५।०७६ मा आर्जित मुनाफाबाट कूल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैठकले चुक्ता पुँजिको ७ प्रतिशत बोनस शेयर तथा ८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीले गत शुक्रबार नै सो सम्बन्धी जानकारी नेप्सेलाई गराएको छ । कम्पनीको कूल चुक्ता पुँजि दुई अर्ब २५ करोड ८९ लाख ३१ हजार ७९७ रुपैयाँको नगद र बोनस शेयर समेत गरी कूल १५ प्रतिशत लाभांश दिन लागेको हो ।
कम्पनीले १५ करोड ८१ लाख २५ हजार २२६ रुपैयाँ बराबरको बोनस शेयर र १८ करोड ७ लाख १४ हजार ५४४ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
नगद लाभांश बोनस शेयरको कर प्रयोजनमा लाग्ने रकम कट्टा गरी वितरण गरिने प्रस्ताव गरिएको छ । उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी बार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्रै शेयरधनीहरुले पाउनेछन् । कम्पनीले बुक क्लोजको मिति तय गरेको छैन ।