free website hit counter

प्राधिकरण अझै आक्रामक, बीमकसँग कारण खोज्दै

beemaadmin
२०८० बैशाख १४, बिहीबार

काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणले पुँजी वृद्धिको योजनालाई अझै कडाईका साथ लागू गर्ने भएको छ । बीमकहरुले चुक्ता पुँजि वृद्धिका बिषयलाई सामान्य लिएको भन्दै प्राधिकरणले थप कडा कदम अघि सारेको हो । प्राधिकरणले चैत मसान्तसम्म्म पुँजि नपुराएको कम्पनीहरुलई कारणसहितको विवरण बीमा प्राधिकरणमा पेश गर्न समेत निर्देशन दिईसकेको छ। गत चैत महिनामा नेपाल बीमा प्राधिकरणले अर्बौ रुपैयाँ जोखिम वहन गरिरहेको कम्पनीलाई पुँजिगत रुपमा पनि मजबुत बनाउन पु्ँजिवृद्धिको बिषय अघि बढाएको थियो । बीमा प्राधिकरणको यो सटिक निर्णयको कारण आर्थिक मन्दीको अवस्थालाई मध्यनजर गर्दै अधिंकाश कम्पनीहरुले मर्जरको प्रस्ताव अघि बढाए । जसमध्ये चार निर्जिवन बीमा कम्पनी र दुई जीवन बीमा कम्पनी एक आपसमा मर्जर भईसकेका छन् भने बाँकिले एक्चुरी र डिडिएको कारण प्रकृयामा रहेका छन् । कतिपय मर्जरको प्रथम सम्झौता भाँडिएर हकप्रद शेयर र कतिले बोनस शेयर दिएर पुँजि पुराउने तरखरमा छन्।प्राधिकरणले एक बर्षको समय थप नगर्ने अडान लिएको थियो । तर चार कम्पनीको मात्रै पुँजि पुगेको हुँदा बीमा प्राधिकरण आफनौ अडानबाट हटेको छ । मर्जरको अन्यौलमा रहेका केही कम्पनीहरुलाई प्राधिकरणले आफै साक्षी समेत बसेर यस बर्ष मर्जरको सम्झौता गराएको छ । बीमा कम्पनीहरुले पुँजिवृद्धिको बिषयमा सुस्तता देखाउदा बीमा प्राधिकरण भने कठोर बनेको छ। यसअघि निर्देशन दिने तर कार्यान्वयन नगर्ने प्राधिकरण नयाँ बीमा ऐनको कारण पनि फरक शैलीमा काम गर्न रुचाईएको देखिएको छ। नियामक विरुद्धको कार्यहरुमा पनि कम्पनीमाथि निगरानी र जरिवानाको बिषयमा प्राधिकरणको कडा रुप प्रस्तुत भएको देखिन्छ ।

सम्बन्धित समाचार