free website hit counter

प्रिमियर र सिद्धार्थ इन्स्योरेन्सको एकीकृत कारोबार शुरु

beemaadmin
२०७९ फाल्गुन १७, बुधबार

काठमाडौं । एक अर्कामा गाभिएका प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनीबीच आज बुधबारबाट एकीकृत कारोबार शुरु भएको छ । दुई कम्पनीबीच मर्जर पश्चात सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट आजबाट एकीकृत कारोबार शुरु भएको हो । हाल प्रिमियर इन्स्योरेन्सको पूँजी १ अर्ब ४० करोड २६ करोड रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सको १ अर्ब ४० करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ। दुई कम्पनीबीच एक बराबर एकको अनुपातमा मर्जर सम्बन्धी सम्झौता भएको मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पूँजी २ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार रहेका छन् । उनी साविकको सिद्धार्थ इन्स्योरेन्स कम्पनीका सिईओ हुन् । साविकको सिद्धार्थ इन्स्योरेन्स रहेको बबरमहलमा मर्जर पश्चात बनेको नयाँ कम्पनीको केन्द्रिय कार्यालय रहेको छ ।

सम्बन्धित समाचार