free website hit counter

प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद खुल्नेभो

beemaadmin
२०७७ असार ५, शुक्रबार

काठमाडौं । लकडाउनका कारण स्थगित हुन पुगेको प्रुडेन्सियल इन्स्योरेन्सको यस हकप्रद पुनः खुल्ने भएको छ। चैत १८ गतेदेखि निष्काशन भएको हकप्रद सरकारले कोरोना रोकथामको लागि लकडाउन गरेपछि स्थगित भएको थियो। सरकारले असार एक गतेदेखि बैंक तथा वित्तीय संस्थाहरु गर्न निर्देशन दिएपछि स्थगित हकप्रद पुनः खुल्ने भएको हो। कम्पनीको हकप्रदमा असार ७ गतेदेखि १९ गतेसम्म पुनः आवेदन दिन सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल, एनएमबि बैंकका विभिन्न शाखा कार्यालय, गुडविल फाइनान्सका शाखा कार्यालयहरु र सेन्ट्रल फाइनान्स तथा सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट हकप्रद भर्न सकिने व्यवस्था रहेको छ। कम्पनीले चुक्ता पूँजीको ६० प्रतिशत अर्थात ३८ करोड ४९ लाख १२ हजार रुपैयाँ बराबरको हकप्रद निष्काशन तथा बिक्री खुल्ला गरेको थियो। कम्पनीले १० बराबर ६ को अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो। हकप्रद निष्काशन प्रयोजनको लागि कम्पनीले माघ २७ गते सोमबार शेयरधनी दर्ता किताब बन्द गरेको थियो। जस अनुसार माघ २६ गतेसम्म कायम रहेका शेयरधनीले मात्र यस इन्स्योरेन्सको हकप्रदमा आवेदन गर्न पाउनेछन्। हाल ६४ करोड १५ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद निष्काशन पश्चात एक अर्ब दुई करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार

beemaadmin
२०८१ बैशाख २७, बिहीबार