free website hit counter

प्रुडेन्सियल इन्स्योरेन्सको बढ्यो नाफा र बीमाशुल्क

beemaadmin
२०७८ बैशाख २४, शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रा तैमासभित्र प्रुडेन्सियल इन्स्योरेन्सले खुद बीमाशुल्क र नाफा दुबै बढाएको छ । कम्पनीको खुद बीमाशुल्क ६०.२१ प्रतिशतले र नाफा ४०.५० प्रतिशतले बढेको हो । चालू आर्थिक वर्षको चैत सम्ममा इन्स्योरेन्सले १२ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४०.५० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ९ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । सो समयमा इन्स्योरेन्सको खुद बीमाशुल्क पनि ६०.२१ प्रतिशतले बढेर ४८ करोड ४५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ३० करोड २४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट १० करोड ५६ लाख रुपैयाँ, लगानी कर्जा तथा अन्य आयबाट ३ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी एक अर्ब २ करोड ६४ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा २६ करोड १४ लाख रुपैयाँ, बीमा कोषमा ६० करोड ५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ५ करोड ४६ लाख रुपैयाँ सञ्चित छ ।

सम्बन्धित समाचार