free website hit counter

फरवार्ड माइक्रोफाइनान्सको लाभांश ३० प्रतिशत

beemaadmin
२०७९ पुष ४, सोमबार

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको वितरणका लागि उपलब्ध मुनाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले हुन आउने २१ करोड ११ लाख १२ हजार ७४६ रुपैयाँ ८८ पैसा बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ५ प्रतिशतका दरले हुन आउने ४ करोड २२ लाख २२ हजार ५४९ रुपैयाँ ३७ पैसा बराबरको नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। पुस ४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

सम्बन्धित समाचार