free website hit counter

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, यस पटक त ग्यास पनि बढाइयो

beemaadmin
२०७८ असार २३, बुधबार

काठमाडौं । लगातार पेट्रोलियम पदार्थको मूल्य उकालो लाग्नेक्रम जारी छ । नेपाल आयल निगमले दुई साता बित्न दपाउँदै इन्धनको मूल्य बढाएको छ । निगमद्वारा जारी विज्ञप्तिअनुसार बुधबारबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरिएको हो । त्यस्तै हवाई इन्धन (आन्तरिक उडानतर्फ) को साविकको प्रतिलिटर बिक्री मूल्यमा २ रुपैयाँ बढाइएको छ । वृद्धि गरिएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १ सय २९ रुपैयाँ, डिजेल र मट्टितेल १ सय १२ रुपैयाँ र आन्तरिक हवाई इन्धन प्रतिलिटर ८४ रुपैयाँ पुर्‍याइएको हो । त्यस्तै अन्तराष्ट्रिय हवाई तर्फ इन्धन प्रति किलो लिटर अमेरिकी डलर ७५४ रुपैयाँ पुगेको छ । विज्ञप्तिअनुसार एलपी ग्यासमा पनि प्रति सिलिन्डर २५ रुपैयाँले बढी १४२५ पुगेको निगमले जनाएको छ ।

सम्बन्धित समाचार