free website hit counter

फेरि बढ्यो सुनको मूल्य

beemaadmin
२०७६ चैत्र ४, मंगलवार

काठमाडौं ।, केहि दिनदेखि सुस्ताएको सुनको मूल्य चैत्र ३ गते, सोमबार फेरि बढेको छ। सोमबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो। यसदिन छापावाला सुन प्रतितोला ७७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ७७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाला सुन प्रतितोला ७७ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
विश्वमा कोरोनाको असर बढ्दा सुन बजार प्रभावित भएको हो। गत बुधबारदेखि लगातार सुनको मूल्य ओरालो लागेपनि सोमबारदेखि सुन पुनः बढेको छ। सोमबार भने चाँदीको मूल्य स्थीर रहेको छ। यसदिन चाँदी आइतबारकै मूल्य अर्थात प्रतितोला ७९० रुपैयाँ कारोबार भइरहेको छ।

सम्बन्धित समाचार