free website hit counter

फेरि बढ्यो सुनको मूल्य

beemaadmin
२०८१ बैशाख १४, शुक्रबार

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २० रुपैयाँले मंहगिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुन प्रतितोला एक लाख ३५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार १५० रुपैयाँमा खरिद बिक्री भएको थियो । यस दिन चाँदीको मूल्य पनि बढेको छ । यसदिन चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार ६७५ रुपैयाँ किनबेच भइरहेको छ । बिहीबार प्रतितोला एक हजार ६५५ रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार

मिथिला लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार

आशा लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार

सन्दीपको पेसी आज पहिलो नम्बरमा

beemaadmin
२०८१ बैशाख २३, आईतवार