free website hit counter

फेरि लियो कोरोनाले बेलायतमा अर्का नेपालीको ज्यान

beemaadmin
२०७६ चैत्र २९, शनिबार
लन्डन । कोरोना आतंककाबीच  बेलायतमा अर्का नेपालीको ज्यान गएको छ । भूपू गोर्खा यामबहादुर मल्लको कोरोना संक्रमणकै कारण निधन भएको हो । बेलायतको स्वीन्डनमा बस्दै आएका उनको शनिबार बिहान कोरोना संक्रमणका कारण निधन भएको बताइएको छ । स्वास्थ्यस्थिति कमजोर बन्दै गएपछि उनलाई चार दिन अगाडि स्वीन्डनस्थित ग्रेट वेष्टर्न हस्पिटलमा भर्ना गरिएको थियो । हस्पिटलमा उपचारकै क्रममा निधन भएको बताइएको छ । उनलाई ज्वरो आउने, रुघाखोकी, डाइरिया तथा बमिटिंग लगायतको समस्या उत्पन्न भएपछि हस्पिटल लागिएको र ४८ घण्टापछि कोरोनाको पुष्टि भएको थियो । सन् २००४ देखि छोरा–बुहारीका साथमा बेलायतको स्वीन्डनमा बस्दै आएका मल्लका तीन छोरी र एक छोरा रहेका छन् । हालसम्म कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ८ जना नेपालीको ज्यान गैसकेको छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार