free website hit counter

फेरी बढ्न थाल्यो सुनको मूल्य

beemaadmin
२०८१ असार १५, शुक्रबार

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा केहि दिनदेखि घटिरहेको सुनको मूल्यमा ब्रेक लागेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १.१० प्रतिशत अर्थात २५.३० डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ३२३.६६ डलर पुगेको छ । सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी आएको छ। चाँदीको मूल्य प्रतिऔंस १.३५ प्रतिशत अर्थात ०.३८ डलरले बढेको छ । यससँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस २९.१ डलर कायम भएको छ । नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

सम्बन्धित समाचार