free website hit counter

फोर्स मर्जरमा जाने नियामक निकायको तयारी

beemaadmin
२०७९ असार ७, मंगलवार

काठमाडौं । नियामक निकाक बीमा समितिले बीमकहरुलाई चुक्ता पुँजी वृद्धिका लागि दिएको दबावलाई अझै बेवास्ता गरेको भन्दै मर्जरमा नजाने कम्पनीहरुलाई फोर्स मर्जरमा लैजाने चेतावनी दिएका छन् । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाली बीमा बजारमा कम्पनीहरुको संख्या धेरै भएर मर्जरको नीति लिएको भन्दै बीमा बजारमा कम्पनीहरुको संख्या बढी भएका कारण कम्पनीहरुबीचको अस्वस्थ प्रतिष्पर्धाले बीमा बजारमै अविश्वसनीयता बढ्दै गएको बताएका छन् ।
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ पोलिसी उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले नेपालको बीमा बजार सबैभन्दा बढी अविश्वसनिय रहेको बताएका छन् । उनले भने, बीमाको व्यवसाय गरिसकेपछि हामीले लङटर्मको रिक्स उठाइरहेका हुन्छौं । तर हामी कता कता हराएका छौं हामीलाई थाहा छैन । सिलवालले मर्जरका लागि धेरै समय नभएको भन्दै कम्पनीहरुलाई छिटो भन्दा छिटो पार्टर खोज्न आग्रह गरेका छन् । यदि कम्पनीहरुले स्वेच्छिक मर्जरको अस्विकार गरेका खण्डमा बीमा समितिले फोर्स मर्जर गराउने अध्यक्ष सिलवालले चेतावनी समेत दिएका छन् । मर्जर पछि कम्पनीहरु पावरफुल हुने भन्दै उनले मर्जर गराउनकै लागि पूँजी बृद्धि योजना ल्याएको बताएका छन् । यदि कम्पनीहरु ठुला भए भने उनिहरुले समयमा दाबी तिर्न सक्नेदेखि लिएर उनिहरुको क्षमता बढ्ने उनको धारणा छ । आगामी चैत मसान्तसम्म पूँजी बृद्धि गर्न पर्यो वा अरु विकल्पबाट यहाँ आउन पर्यो । यत्तिनै पूँजीमा हामीले बोकिरहेको दायित्व भन्दा बढी दायित्व बोक्ने हाम्रो अवस्था छ कि छैन भन्ने हामी हेर्छौं । त्यसकारण आग्रह के भने तपाइहरुले पूँजी ल्याउन सक्नुहुन्छ भने बेटर । तर त्यो पूँजी चाँही राइटको हिसाबमा हुनुहुँदैन्, अध्यक्ष सिलवालले भने ।

सम्बन्धित समाचार