free website hit counter

बक्यौता नतिरेपछि हेलो नेपालको लाइसेन्स खारेज

beemaadmin
२०७६ भाद्र ७, शनिबार

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दिएको पटक–पटकको म्यादमा बक्यौता नतिरेपछि दूरसञ्चार सेवा प्रदायक नेपाल स्याटेलाइट कम्पनीको अनुमति पत्र नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको छ । यो कम्पनी विवादास्पद व्यवसायी अजेयराज सुमार्गीको हो । हेलो नेपाल नामबाट सेवा प्रदान गर्दै आएको उक्त दूरसञ्चार कम्पनीले प्राधिकरणलाई करिब ८० करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । प्राधिकरणबाट नेपाल स्याटेलाइटले ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र पाएको थियो । उसले मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका दुर्गम स्थानमा सेवा पु¥याउने शर्तमा २०६४ फागुन ५ मा अनुमतिपत्र पाएको थियो । पटक–पटक बक्यौता चुक्ता गर्न प्राधिकरणले ताकेता गरे पनि बक्यौता रकम बुझाएको थिएन ।

सम्बन्धित समाचार