free website hit counter

बचतको बानी बसाल्ने नबिलको प्रयास (भिडियोसहित)

beemaadmin
२०७७ फाल्गुन १८, मंगलवार

काठमाडौं । आर्थिक जागरण गराउन विभिन्न कार्यक्रम गर्दै आएको नबिल बैंकले ग्राहकलाई बचतको बानी बसाल्न सिकाउने नयाँ भिडियो सार्वजनिक गरेको छ । सबै किसिमका ग्राहकलाई सुहाउँदो डिपोजिट खाताबारे जानकारी प्रदान गर्नका लागि बैंकले उक्त भिडियो ल्याएको हो । यस भिडियोमा एउटा व्यक्तिको कहानी निकै रोचक ढंगले देखाइएको छ ।

जसको बच्चैदेखि हरेक कुरा बचाउने बानी थियो र नबिल बैंकको साथ पाएर उक्त व्यक्तिलाई सानैदेखि नबिल बैंकमा पैसा बचत गर्ने बानी लाग्यो । नबिलको बाल बचत खाताबाट सुरु भएको यो क्रम जिन्दगीको उतार चढाव हुँदै अहिलेको दिनसम्म आई पुग्दा नबिल बैंकको विभिन्न खातामा पुगिसकेको छ । एउटा भरपर्दो बैंकको साथ भयो भने मानिसलाई सुख, दुःखमा भरपर्दो साथ पाइने यस भिडियो मार्फत् देखाइएको छ । नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै स्टेकहोल्दरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।

सम्बन्धित समाचार