free website hit counter

बरुण हाइड्रोपावरले शत प्रतिशत हकप्रद सेयर ल्याउने

beemaadmin
२०८३ आश्विन २७, मंगलवार

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश वितरण र हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न २३औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले आगामी कात्तिक २० गते शुक्रबार काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ९ः३० बजे साधारण सभा आयोजना गर्ने भएको छ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पनि सभामा पेस हुनेछ।

Advertisement
Advertisement

त्यसैगरी, बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको १०० प्रतिशत अर्थात् एक बराबर एक अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसमेत सभामा पेस गरिने कम्पनीले जनाएको छ।

Advertisement
Advertisement

सभाले संस्थापक सेयरधनीका तर्फबाट तीन जना र सर्वसाधारण सेयरधनीका तर्फबाट एक जना गरी चार जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। यसका अतिरिक्त प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत सभाको कार्यसूचीमा रहेका छन्।

कात्तिक ११ गते बुक क्लोज

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्ने भएको छ।

यसअनुसार कात्तिक १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीले साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीको बोनस सेयर, नगद लाभांश तथा हकप्रद सेयरसम्बन्धी प्रस्तावहरू साधारण सभाबाट पारित भएपछि कार्यान्वयन प्रक्रिया अघि बढ्नेछ।

सम्बन्धित समाचार