काठमाडौँ । कर्मचारीलाई आमाचकारी गाली गर्दै विदेशी कम्पनीका एजेन्टसँग ७० करोड घुसको बार्गेनिङ गर्ने तत्कालिन सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले उन्मुक्ति पाउने भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड रुपैयाँ घूस मोलमोलाइ गरेको आरोप खेपिरहेका पूर्वमन्त्री बाँस्कोटालाई उन्मुक्ति दिने तयारी गरेको छ । बाँस्कोटाले घूस लिएको र खाएको प्रमाणित नहुने भन्दै अनुसन्धान अधिकृतले फाइल तयार पारिएको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपत्र बास्कोटालाई फेरि भन्त्री बनाउने चर्चा चलिरहँदा उनको फाइल अघि बढाइएको हो ।
आरोप पुष्टि नहुने उजुरी अख्तियारको निर्णयबाट तामेलीमा जान्छ । बाँस्कोटाको अडियो प्रकरणमा पनि उनलाई मुद्दा चलाउने गरी प्रमाण नभेटिएको निष्कर्षमा अख्तियार पुगेको हो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदपछि प्राप्त हुने कमिसनको मोलमोलाइ गर्दैको अडियो रेकर्ड सार्वजनिक भएपछि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले २०७६ फागुन ८ गते पदबाट राजीनामा दिएका थिए ।