free website hit counter

बागलुङकी युवती पाँचौ संक्रमित

beemaadmin
२०७६ चैत्र १५, शनिबार

काठमाडौं । कडा निगरानी र खोजतलास गरी कोराना संक्रमण रोक्ने प्रयासमा छ नेपाल । त्यसकै लागि लकडाउन गरिएको आज पाँचौ दिन पाँचौ संक्रमित व्यक्ति फेला परेका छन् । बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनी बेल्जियमबाट कतार हुँदै चैत ४ गते क्यूआर ६५२ नम्बरको फ्लाइटबाट उनी नेपाल आएकी थिइन् । बागलुङ घर भएकी ती युवतीको अवस्था भने सामान्य रहेको बताइएको छ । यो संक्रमणको पुष्टि भएसँगै मार्च १७ अर्थात् चैत ४ गते कतार एयरलाइन्सको उडानमार्फत नेपाल आएका दुई नेपाली यात्रुमा कोरोना भाइरसको संक्रमण रहेको भेटिएको छ । कोरोना भाइरस पुष्टि भएकी १९ वर्षीया युवती दोहा हुँदै कतार एयरलाइन्सको क्यूआर ६५२ नम्बरको फ्लाइटबाट नेपाल आएको बताएपछि सो विमानमा आएका दुई जनामा कोरनाको पुष्टि भएको हो । उक्त दिन त्यो जहाजमा २ सय ५ जना यात्रु रहेको बताइएको छ । कतारको दोहाबाट सो विमान मार्च १७ को बिहान १०ः३० बजे नेपाल आइपुगेको थियो । मन्त्रालयले सो जहाजमा आएका अधिकांश अहिले सम्पर्कमा आइसकेको बताएको छ भने उनीहरुको नमुना परीक्षण भइरहेको छ।

सम्बन्धित समाचार