free website hit counter

बायर्नसँग बार्सिलोनाको ८–२ को लज्जास्प्द पराजय, क्वाटरफाइनलबाटै बाइबाइ

beemaadmin
२०७७ श्रावण ३१, शनिबार

एजेन्सी। जर्मन बुण्डेस लिगा क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई गाेलकाे वर्षा गर्दै ८–२ ले पराजित गरेको छ । यो लज्जास्पद हारसँगै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । लिस्बोनमा शुक्रबार राति भएको अन्तिम ८ को खेलमा बार्सिलोना र बार्यन म्युखिन भिडेका थिए । मेसीको कप्तानीमा रहेको बार्सिलोनाविरुद्ध बार्यनले चौथो मिनेटमै अग्रता लिएको थियो । पहिलो हाफमा चार गोल गरेको बार्यनले दोस्रो हाफमा पनि चार गोल थपेको थियो । थोसम मुलरले चौथो मिनेटमै गोल गरेर बार्यनलाई १–० को अग्रता दिलाए । बार्सिलोनाले सातौं मिनेटमा अल्बाको गोलबाट बराबरी गर्यो ।

त्यसपछि भने बार्सिलोना बायर्नको अगाडि निकै निरीह देखियो । बायर्नका लागि २१ औं मिनेटमा इभान पेरिसिकले र २७ औं मिनेटमा सर्गेइ ग्नाब्रीले गोल गरे । ३१ औं मिनेटमा मुलरले नै व्यक्तिगत दोस्रो गोल गरे । यसरी पहिलो हाफमा बायर्न ४–१ ले अगाडि रह्यो । ५७ मिनेटमा बार्सिलोनाका लागि सुअरेजले एक गोल गरे र खेललाई ४–२ को अवस्थामा पुर्याए । बायर्न भने रोकिएन । उसले फेरि चार गोल थप्यो ।

६३ औं मिनेटमा किमिचले र ८२ औं मिनेटमा लेवान्डोस्कीले गोल गरे । यस्तै काउटिन्होले ८५ र ८९ औं मिनेटमा गोल गरे । यसरी बायर्नसँग ८–२ ले पराजित हुँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वाटर फाइनलबाटै बाहिरियो । सन् १९५१ पछि बार्सिलोना ६ भन्दा बढी गोल अन्तरमा पराजित भएको यो पहिलो पटक भएको बताइएको छ । सन् १९५१ मा बार्सिलोनालाई स्पानियोलले ६–० ले हराएको थियो । यस्तै सन् १९४६ मा सेभिल्लाले बार्सिलोनालाई ८–० ले पराजित गरेको थियो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार