free website hit counter

बाली तथा पशु बीमाका लागि सहयोग गर्न सरकार तयार

beemaadmin
२०७७ जेष्ठ २, शुक्रबार

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले हालसम्म बीमा पहुँचको विस्तार संन्तोषजनक रहेको बताउँदै थप विस्तारमा जोड दिन आग्रह गरेका छन् । जोखिम न्यूनीकरण गर्ने सकिने क्षेत्रमा बीमाको दायरा विस्तार गर्नु पर्नेमा खतिवडाको जोड थियो ।
बीमा समितिको ५२ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री खतिवडाले जोखिम न्यूनीकरण हुने गर्न सकिने क्षेत्रमा बीमाको दायरा विस्तार गर्ने पर्नेमा जोड दिएका हुन् । बीमा सेवा विस्तारमा लघुबीमा प्राथमिकता रहेका छ । त्यसलाई अझ थप विस्तार गर्दै अघि बढ्नु पर्ने देखिन्छ । त्यस अन्तर्गत पशु, बाली बीमा, साना तथा मझौला लघुबीमामा पनि जोड दिनु पर्ने खतिवडाको आग्रह थियो । वाली तथा पशु बीमा अन्र्तगत दायरा कसरी विस्तार गर्न सकिन्छ भन्ने लक्ष्य बनाएर त्यस अनुसार अघि बढ्न उनले बीमा समितिलाई सुझाव दिए । बाली तथा पशु बीमामा आवश्यक पर्ने प्रविधिक सहयोग सरकार तयार रहेको पनि मन्त्री खतिवडाले आश्वसन दिए ।

यस्तै पुनर्बीमा तथा अन्य बीमा कम्पनीहरुलाई बीमा दायरा विस्तार गर्न समेत निर्देशन दिए । भएका संस्थाहरुले बीमाको दायरा बढाउनोस्, लघु बीमाको सेवा पनि दिउ, सक्दैनौं भने अरु संस्था खोलेर जाँउ । पुनर्बीमा कम्पनीले पनि आफ्नो दायरा बढाउनुस् । नसकिए अन्य संख्या खोलेर जानोस्, उनले भने । सिमित संस्थाहरुलाई धेरै वर्षसम्म बीमाको दायरामा ल्याउन पर्खिरहन नसकिने उनको भनाई छ । बीमाहरुलाई बीमा सेवा प्रवाह गर्दा स्वस्थ्य पारदर्शी र सेवाग्राही मैत्री सेवामा ध्यान दिन आग्रह गरेका हुन् ।

यसैगरी बीमा समितिका अध्यक्ष चिरन्जीवी चापाँगाईले चालु आर्थिक वर्षको फागुन सम्ममा बैदेशिक रोजगार म्यादी बीमा सहित २६ प्रतिशत नागरिकको पहुँचमा पुगेको बताए । चालु आर्थिक वर्षको अन्त्य सम्ममा बीमाको पहुँच २७ पुग्ने प्रक्षेपण गरिएको उनले जानकारी गराए । गत आर्थिक वर्ष बीमा क्षेत्रको २।६ प्रतिशत रहेको कुल गार्हस्थ उत्पादन चालु आर्थिक वर्षको अन्त्यसम्ममा करिब ३.४७ प्रतिशत पुर्याउने लक्ष्य रहेको अध्यक्ष चाँपागाईले बताए ।

सम्बन्धित समाचार