free website hit counter

बालुवाटारमा खुल्यो इन्भेष्टमेन्ट बैंकको शाखा

beemaadmin
२०७६ भाद्र ११, बुधबार

काठमाडौं । देशका दूरदराजमा मात्र होइन, शहरका कुना काप्चामा पनि बैकिङ विस्तारको क्रम बढ्दो छ । नेपाल इन्भेष्टमेन्ट बैंकले बालुवाटारमा नयाँ शाखा खोलेको छ। योसँगै बैंकको शाखा ८२ पुगेको छ।बैंक अध्यक्ष पृथ्वीबहादुर पाँडेले नयाँ शाखाको उद्घाटन गरे।

काठमाडौं उपत्यकाभित्र २५औं शाखाको रुपमा रहेको बालुवाटार प्रधानमन्त्री निवास र राष्ट्र बैंक नजिकै छ।बैंकका १ सय २० वटा एटीएम काउन्टर र १४ वटा एक्सटेन्सन काउन्टर छन्।बैंकका १० वटा राजस्व संकलन काउन्टर र ५४ वटा शाखारहित बैंकिङ काउन्टर समेत छ।

सम्बन्धित समाचार