free website hit counter

बाल गृहलाई किताब राख्ने र्याक हस्तान्तरण

beemaadmin
२०७६ मंसिर १३, शुक्रबार

काठमाडौं । सेञ्चुरी बैंक इलाम शाखाले इलाम–९ गोलाखर्क भञ्ज्याङस्थित राहसल बाल गृहलाई १६ ढोके किताब राख्ने र्याक हस्तान्तरण गरेको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सो अनाथालयमा अनाथ तथा असहाय बालबालिकालाई अध्ययन अध्यापनको लागि सहज होस भन्ने हेतुले किताब राख्ने र्याक हस्तान्तरण गरेको हो । इलाम शाखाका शाखा प्रबन्धक अजेश मण्डलले सो अनाथालयका अध्यक्ष राजेन्द्र चौहानलाई किताब राख्ने र्याक हस्तान्तरण गरे ।
सो अवसरमा संस्थाका अध्यक्ष चौहानले उक्त सहयोगले बालबालिकाको अध्ययनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफनो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी दिए ।

सम्बन्धित समाचार