free website hit counter

बाल समृद्धि बीमा योजनाका के हुन् विशेषता ?

beemaadmin
२०७८ पुष २९, बिहीबार

काठमाण्डौ । समयको मागलाई बुझेर जीवन बीमा बजारमा पाइला चाल्ने लाइफ इन्स्योरेन्स कर्पोरेस (एलआईसी) नेपालले पछिल्लो पटक थुप्रै विशेषतासहित ‘बाल समृद्धि’ नामक बीमा योजना सुरु गरेको छ। कम्पनीको पुतलीसडकस्थित मुख्य कार्यालयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दास, नायब प्रमुख कार्यकारी अधिकृत टी। वर्णवाल र सूचना प्रविधि प्रमुख सञ्जीव अग्रवालले आफ्ना कर्मचारीसँगै संयुक्त रुपमा यो योजनाको शुभारम्भ गरेका हुन्। यो योजनामा १६ वर्ष उमेर पूरा नहुँदासम्म बुझाएको बीमा शुल्कले २० वर्ष उमेर हुँदासम्म जोखिम बहन हुनेछ। अधिकतम ११ वर्षसम्म उमेर पुगेका बालबालिका यस योजानाका लागि बीमा योग्य हुन्छन् र बालबालिका १६ वर्ष पुगेपछि कुनै बीमा शुल्क बझाउनुपर्दैन।
बालबालिकाको १६, १७, १८, १९ र २० औँ जन्मदिनपछिको बीमा वर्ष दिवसमा बीमांकको २० प्रतिशतको दरले अग्रिम रुपमा र अन्तिम वर्षमा आर्जित बोनससहित रकम भुक्तानी हुने यस योजनाको विशेषता रहेको छ। त्यसैगरी कथमकदाचित प्रस्तावकको अस्वाभाविक तवरले जीउज्यान गएमा प्रत्येक बीमालेख महिना दिवसमा बीमांकको १ प्रतिशत रकम मासिक आम्दानीका रुपमा भुक्तानी गर्दै बाँकी सम्पूर्ण बीमा शुल्कहरु मिनाहा भई बीमालेख चालु अवस्थामा रहनेछ ।

बाल समृद्धि बीमा योजनाका मुख्य विशेषता

यो बीमा योजना १६ वर्ष हुँदासम्म बुझाएको बीमा शुल्कले २० वर्ष हुँदासम्म जोखिम बहन हुने एकमात्र योजना हो । प्रत्येक बीमालेख महिना दिवसमा बीमांकको १ प्रतिशत रकम मासिक आम्दानी लाभका रुपमा भुक्तानी गरिने (यदि प्रस्तावकको मृत्यु भएमा) छ । बालबालिकाको १६, १७, १८, १९ र २० औँ जन्मदिनपछिको बीमा वर्ष दिवसमा बीमांकको २० प्रतिशतको दरले र अन्तिम २० औँ वर्षमा आर्जित बोनशसहित रकम भुक्तानी गर्ने धन फिर्ता योजना
कुनै कारणले प्रस्तावकको मृत्यु भएमा सम्पूर्ण बीमा शुल्कहरु मिनाहा भई बीमालेख चालु अवस्थामा रहने छ ।

सम्बन्धित समाचार