free website hit counter

बिमा समितिको निर्देशन दश बिमा कम्पनीले टेरेनन्

beemaadmin
२०७६ भाद्र ७, शनिबार

काठमाडौं । बिमा कम्पनीहरुको नियमनकारी निकाय राष्ट्रिय बिमा समितिले दिएको समयभित्र १० वटा बिमा कम्पनी वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । कूल ३९ वटा बिमा कम्पनी तथा एउटा पुनर्बिमा कम्पनी रहेकोमा ३० वटा कम्पनीले निर्धारित समयमा वित्तीय विवरण सार्वजनिक गरिसकेको समितिले जनाएको छ । १० वटा कम्पनीले साउन मसान्तभित्रमा वित्तीय विवरण सार्वजनिक नगरेको समितिले जनाएको हो । नियमनकारी निकाय समितिको प्रभावकारी नियमन नहुँदा बिमा कम्पनीहरुले वित्तीय अनुशासन समेत उल्लंघन गर्न थालेको पाइएको छ ।

सार्वजनिक नगर्नेमा एक पुनर्बिमा कम्पनी, तीन जीवन बिमा कम्पनी र छ वटा निर्जिवन बिमा कम्पनी रहेका छन् । समितिको वित्तिय अनुशासनभित्र रही तोकिएको समयमा उनीहरुले वित्तिय विवरण सार्वजनिक नगरेका हुन् । वित्तिय विवरण सार्वजनिक नगर्ने बिमा कम्पनीलाई बिमा ऐनअनसार आवश्यक कारवाही गरिने समितिले जनाएको छ ।

सम्बन्धित समाचार