free website hit counter

बीओकेका दुई नयाँ योजना

beemaadmin
२०७६ फाल्गुन ८, बिहीबार

काठमाडौं । आफ्नो २५औं वार्षिकोत्सवको अवसर पारेर बैंक अफ काठमाण्डूले बुधबार दुई नयाँ योजना सार्वजनिक गरेको छ । जसमा ‘सहज बचत खाता’ बचत खाता र ‘बीओके कृषि कर्जा’ नामक कर्जा योजना सार्वजनिक गरेको हो । ‘सहज बचत खाता’ अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात २५ रुपैयाँमै खाता खोल्न सक्नेछन् । जसमा विभिन्न सेवा सुविधाहरु उपलब्ध रहेको बैंकले जानकारी गराएको छ ।
त्यस्तै, बैंकले नेपाल सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखी उत्पादकत्व र रोजगारी सृर्जना गराउने उद्देश्यले बीओके कृषि कर्जा योजना सार्वजनिक गरेको हो ।
बैंकको मोबाइल बैंकिङ्ग ‘बीओके स्मार्ट’ मार्फत गरिने पहिलो कारोबार अन्तर्गत पहिलो टपअप कारोबारबाट नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइल टपअप गर्दा २५ प्रतिशत नगद फिर्ता हुने बैंकले जानकारी गराएको छ ।
त्यसैगरी, बैंकले रजत उत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत काठमाण्डू इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइसीयु कक्ष निर्माण गर्न १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । कार्यक्रममा प्रमुख अतिथि गर्भनर चिरञ्जीवी नेपालले सो रकमको चेक उक्त संस्थाका संस्थापक एवं अध्यक्ष प्रोफेसन डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका छन् ।
साथै, बैंकले सोसाइटी अफ इकोनोमिक जोर्नलिस्ट (सेजन) नेपाललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आर्थिक पत्रकारीताको क्षेत्रमा महिला पत्रकारहरुको समावेशिता बढाउन र उनीहरुको क्षमता अभिवृद्धि गर्न चाहिने तालीम प्रदान गर्न सेजोन, नेपालका सभापति भिमप्रसाद गौतमलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खुद नाफा २० प्रतिशतले वृद्धि गरेको छ । गत आवको सो अवधिमा ३८ लाख रुपैयाँ कमाएको बैंकले चालु आवको पुस मसान्तामा ८८ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार