free website hit counter

बीमकका प्रदेश प्रमुखहरुसँग बीमा प्राधिकरणको अन्तरक्रिया

beemaadmin
२०८१ भाद्र ३०, आईतवार

काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा बिमकको प्रदेश प्रमुखहरुसंग बीमा बिषयक छलफल तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी प्रदेश अन्तर्गत रहेका सम्पुर्ण जीवन तथा निर्जिवन बीमा कम्पनिका प्रदेश प्रमुखसंगको अन्तर्कृयामा जीवन तथा निर्जिवन बीमामा देखियका समस्या र नेपाल बीमा प्रधिकरणले खेल्नुपर्ने भुमिकाको बिषयमा आधारित रहेर छलफल तथा अन्तर्कृया भएको हो । सम्पुर्ण जीवन कम्पनिको प्रतिनिधित्व गर्दै आईएमई लाईफ इन्स्योरेन्स क।लि। बाट राजेन्द्र पन्थी त्यसैगरी सम्पुर्ण निर्जीवन कम्पनिको प्रतिनिधित्व गर्दै शिखर इन्स्योरेन्सबाट किरण काफ्लेले समग्र बीमा जगतमा देखियका समस्या र नेपाल बीमा प्राधिकरणले खेल्नुपर्ने भूमिकाको बारेमा प्रस्तुतीकरण ब्यक्त गर्नुभएको थियो । नेपालमा बीमाको इतिहास , नियम कानुन तथा कसुर सजायको बारेमा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक निर्मल खनालले बताउनु भएको थियो । कार्यक्रममा उठेका विषयबस्तु माथी सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पुर्ण बहादुर थापाले कार्यक्रमको औचित्य महत्व र बीमाको दायारा बढाशउनुपर्नेमा जोड दिनु भएको थियो । उक्त कार्यक्रमको सन्चालन नेपाल बीमा प्राधिकरणमा सुरेन्द्र चौलागाईंले गर्नुभएको थियो ।

सम्बन्धित समाचार