free website hit counter

बीमकको बोनसदर घटबढ हुनुमा कमजोरी कसको ?

beemaadmin
२०८० चैत्र ४, आईतवार
  • साैगात कँडेल

सामान्यतया जीवन बीमा कम्पनीको बोनसदर निर्धारण गर्न बीमा व्यवसाय सुचारु गरेको चारवर्ष लाग्दछ । यो लामो अवधिको करार र व्यापार हो । यसै अवधिभित्र कतिपय बीमालेख निस्क्रिय हुन्छन्, समर्पण हुन्छन् तर एक्चुरी मूल्यांकन गर्दा उक्त बीमालेखबाट कति आम्दानी भयो भन्ने पत्ता लगाई उक्त बीमालेखको मुनाफा प्रतिवर्ष निर्धारण गरिन्छ भने कतिपय बीमालेख अन्तर्गत बीमितलाई र बीमा अभिकर्तालाई दिइएको सुविधाका कारण र बीमालेख बिक्रीको अनुपातमा बोनस निर्धारण गरिन्छ । जुन निर्धारित बोनस दर नेपाल बीमा प्राधिकरणमा पठाई उसले स्वीकृत गरेको बोनसदर बीमितलाई दिने हो ।

हाल आएर कतिपय बीमकको बोनसदर घटेको छ, जसमध्ये वार्षिक रुपमा बीमांकको केही हिस्सा बीमितलाई फिर्ता गर्ने बीमालेख, २÷४ वर्षमा पैसा फिर्ता हुने बीमालेख बीमकले प्रायोजित रुपमा अभिकर्तालाई बढी फाइदा दिने गरेको बीमालेख पर्दछन् भने लामो समयको बीमालेख सावधिक कम पर्दछ । बीमालेख प्रत्युत्पादन गर्दा एक्चुरीको सहयोग लिएर कति वर्षपछि आजको बीमाशुल्क, बीमांक रकमको मूल्य कति हुन्छ र कसरी नाफा निकाल्ने भन्नेमा केन्द्रीत हुन्छ । र पनि कतिपय बीमकले चलनचल्तीमा रहेका बीमालेख बन्द गर्ने बोनसदर घटाउने र बीमा अभिकर्ताको सुविधा हटाउने आदि काम गर्दछन् । यसमा पनि बीमांकीय विज्ञानको कमजोरी, बीमकका सञ्चालकहरुको कमजोरी, बीमकहरुको कार्यकारीहरुको कमजोरी देखिन्छ ।

हालको आर्थिक बन्दीले सबैतर्फको आर्थिक कारोबार मन्द छ । तै पनि धेरै बीमकले राम्रो व्यापार गरिरहेका छन् । त्यसको कारण भनेको सक्रिय र तालिम प्राप्त अभिकर्ता नै हुन् । सफल अभिकर्ताले आफ्नो कम्पनीको प्रडक्टहरुलाई राम्रोसँग अध्ययन गरी पूर्ण जानकारीमा राखेको हुन्छ ।

आन्दोलन भन्दा सहकार्य जरुरी
कतिपय बीमकका बीमा अभिकर्ताहरु बोनसदर घटेर आन्दोलित छन् त्यो स्वाभाविक पनि हो । आफ्नो बीमितको हकहितको रक्षको लागि हुने यस्ता आन्दोलन समय सापेक्ष पनि देखिन्छ । तर देशको अर्थतन्त्रको अवस्था, आर्थिक मन्दी, आम जनमासनको क्रय शक्तिको कारणले गर्दा झन् फितलो हुँदा आफ्नो व्यापार सुचारु गरिराखेका छन्, जसमा एजेन्सी, एमडीइआरटी, टीओटी लगायत क्लबमा पुग्न धेरै अभिकर्ताहरु सफल भए यो एकदम सराहनीय कार्य हो । अन्तर्राष्ट्रिय स्तरमा नै आर्थिक मन्दी आईरहँदा हाम्रो देशका बीमकले २–४ रुपैयाँ प्रतिहजार बोनस घटाउँदा उदासिन हुन अवाश्यक देखिँदैन । किननि यो धेरै वर्षपछिको मन्दी हो र अब सक्रिय हुँदैछ ।

वार्ताबाटै समाधान
समग्र बीमा अभिकता एएम, टीओटी लगायतका महामहिमहरुलाई यो सुझाव छ कि सबै जीवन बीमा कम्पनीका बीमा अभिकर्ताहरुले आफ्नो कम्पनीप्रति बफादार हुनु जरुरी छ भन्ने सन्देश आम बीमितहरुलाई दिन जरुरी छ । जसले गर्दा बीमा व्यवसाय विस्तारमा सघाउ पुग्नेछ । समस्या जहाँसुकै हुन्छन् । ती सबै समस्याको समाधान वार्ता र सहमतिबाट निस्कन्छ । अहिलेको समस्यालाई पनि सबैको सहमतिमा वार्ता र संवादबाटै निकासमा पु¥याउन आवश्यक छ ।

सम्बन्धित समाचार