काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति एलआइसी नेपालको अध्यक्षमा राम कुमार अधिकारी निर्वाचित भएका छन् । शुक्रवार मधेश प्रदेशको जनकपुर धाममा भएको संस्थाको चौथो अधिवेशनले अधिकारीको नेतृत्वमा २२ सदस्यीय बीमक समिति चयन गरेको हो । समितिको बरिष्ठ उपाध्यक्षमा डिल्ली प्रसाद गड्तोला, उपाध्यक्षमा क्रमशः गणेश प्रसाद साह, रामचन्द्र ढकाल, गोविन्द प्रसाद गिरी र सचिवमा बैजनाथ चौधरी निर्वाचित भएका छन् । समितिको कोषाध्यक्षमा रमेश कुमार लामिछाने, सहसचिवमा इन्द्र बहादुर थापा, हरेन्द्र पटेल, कोपिला बस्नेत निर्वाचित हुनुका साथै सह कोषाध्यक्षमा कल्पना खड्का निर्वाचित भएकी छिन् । सदस्यहरु शंकर तेली गुप्ता, ओम प्रकाश मण्डल, पुरन हितङ्गा, सन्तोषी महतो, दिपक कुमार पासी, नितेश कुमार प्रसाद, किशोरी पञ्जियार, चोक बहादुर भन्डारी, विन्दु कुमार श्रेष्ठ र दिनेश कुमार मौर्य सर्वसम्मत निर्वाचित भएको कानुन व्यवसायी तथा निर्वाचन अधिकृत अधिवक्ता केसव कुमार यादवले जानकारी दिएका छन् । अधिवेशन परिचालन कमिटि, बिमक समिति एलआईसी नेपालका उपाअध्यक्ष तथा संयोजक राम प्रसाद आचार्यले देसभरबाट १७६ जना भन्दा बढी अभिकर्ताको उत्साहजनक उपस्थिति रहेको जानकारी दिए ।
बरिष्ठ उपाअध्यक्ष (नेत्र प्रसाद घिमिरेको अध्यक्षता, एलआइसी (नेपाल) का मधेस प्रदेस प्रमुख सुजित ठाकुरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम सन्चालक सह(सचिव गोबिन्द प्रसाद गिरिले गरेका थिए । उक्त कार्यक्रममा वरिष्ठ उपाअध्यक्ष धिमिरे आफ्नो भनाइ राख्दै गएको बर्ष देसभरिका अभिकर्ता साथिहरुलाई काठमाडौंको बसुन्धारा दियालो फुड्ल्यान्डमा राति १ बजे चुनाव स्थगित गर्दाको स्मरण गर्दै जनकपुर अधिवेशनले सर्वसम्मत निणय गर्दा खुशी व्यक्त गर्दै सङ्गठनले जिवन्त पाएको, सचेत अभिकर्ताहरूलाई धन्यवाद दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । मधेस प्रदेशका प्रमुख सुजित ठाकुरको प्रमुख अतिथ्यता तथा विशिष्ट अतिथि जनकपुर शाखा शाखा प्रमुख श्वर्ण लाल कर्णज्यूको विशिष्ट अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन पेशागत बीमा अभिकर्ता संघ बिमक समिति एलआइसि नेपाल लिमिटेडका सहसचिव गोविन्दप्रसाद गिरीले गरेका थिए।
नवनिर्वाचित अध्यक्ष राम रामकुमार अधिकारीले सर्बसम्मत चुनाव गराउन प्रतिनिधि संख्या ३१४ को झन्डै आधाभन्दा बढी उपस्थित भई निर्वाचित गराएकोमा पेशागत बीमा अभिकर्ता सङ्घ बिमक समितिको निर्वाचन पश्चात पहिलो बैठकले मंसिर १७ गते सोल्टी होटलमा केन्द्रीय कमिटी, बीमक तथा अधिवेशन परिचालन कमिटी तथा उपस्थित सबैलाई धन्यवाद दिँदै धन्यवाद प्रस्ताव पारित गरेको छ उक्त पहिलो बैठकबाट अधिवेशन परिचालन कमिटिका संयोजक तथा बिमकका उपाअध्यक्ष राम प्रसाद आचार्य, पुर्व कोषाध्यक्ष सुदर्शन मुडभरी बिमकका बरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद घिमिरेलाई सल्लाहकारमा नियुक्त गरेका छन् ।