free website hit counter

बीमाको पहुँच बढाइने, ५० प्रतिशत अनुदानमा कोरोना बीमा

beemaadmin
२०७७ जेष्ठ १५, बिहीबार

काठमाडौं । कोरोना कहरकाबीचमा सरकारले सरकारले कोभिड–१९ बीमालाई बृहत रुपमा लैजान ५० प्रतिशत अनुदान दिने व्यवस्था मिलाएको छ । यो छूट सामूहकि रुपमा बीमा गर्दा पाइने भएको छ । यो घोषणासँगै अब एक लाख रुपैयाँको कोरोना बीमा ३०० मै हुने भएको छ भने ५० हजार रुपैयाको कोरोना बीमा १५० रुपैयाँमै हुने भएको छ ।
यसैगरी सरकारले आगामी बीमाको पहुँच वृद्धि गराई ४० प्रतिशत जनतालाई बीमाको दायरामा ल्याउने घोषणा गरेको छ । जबकि अहिले २६ प्रतिशत नागरिक बीमाको दायरामा छन् । आगामी आर्थिक वर्षको बजेटमा अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । बीमा क्षेत्रमा चेतना वृद्धि तथा जोखिम हस्तान्तरणबाट हुने फाइदाका बारेमा चेतना फैलाउन सके सरकारले लिएको यो लक्ष्य पूरा हुन धेरै कठिन छैन । यसैगरी स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन सरकारले सात अर्ब ५० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

सम्बन्धित समाचार